काठमाडौ । भारतीय पूर्वराजदूत रञ्जित रेले राष्ट्रपति चुनावपछि नेपालमा कांग्रेस-एमालेको सरकार बन्ने सम्भावना भएको दाबी गरेका छन् ।

भारतीय अखबार डेक्कन हेराल्डमा एक लेखमार्फत् रेले १० वर्षअगाडि जस्तै कांग्रेस र एमाले गठबन्धन सरकार बन्ने सम्भावना भएको बताए ।

advertisement

एमाले र माओवादी गठबन्धन असफल भएर अहिले कांग्रेस र माओवादी गठबन्धन बनेको भन्दै उनले तेस्रो विकल्पको रूपमा कांग्रेस-एमालेबीचको गठबन्धनको सम्भावना उल्लेख गरेका छन् ।

रेले भनेका छन्, ‘२०७० को दोस्रो संविधानसभा चुनावपछि जस्तै दुई ठूला दलहरू कांग्रेस र एमाले एकै ठाउँमा आउने सम्भावना छ ।’

नेपालको राजनीतिक अस्थिरता भएपनि भारत नेपालसँग जोडिनुपर्छ भन्ने आशयको आलेखमा रेले यस्तो बताएका हुन् ।

प्रकाशित मिति: २१ फाल्गुन २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com