काठमाडौं ।  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई एकल बहुमत ल्याउन अब कसैले रोक्न नसक्ने दाबी गरेका छन्।

नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले, ‘एमालेलाई सिध्याइदिन्छु भन्नेहरूको कुनै हैसियत छैन,’ भन्दै आलोचकहरूप्रति कटाक्ष गरे। उनले व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिन सकिएमा एमाले बलियो भएर अघि बढ्ने बताए।

advertisement

‘पार्टी विभाजन भए पनि हामी लोकप्रिय छौं, अब कसैले रोक्न सक्दैन,’ ओलीले भने, ‘हामी मिसन २०८४ लिएर अघि बढेका छौं, जहाँ छौं त्यहीँबाट योगदान दिऔं।’

प्रधानमन्त्री ओलीले सही विचार र परिवर्तनको पक्षमा उभिँदा झोले भनिएकोमा आपत्ति जनाउँदै जनताको पक्षमा उभिन नहच्कन आग्रह गरे।

उनले भित्र र बाहिरका स्वार्थी तत्वहरूले मोर्चाबन्दी गरी एमालेलाई कमजोर पार्न खोजेको तर पार्टी अझ बलियो बनेको दाबी गरे।

बुद्धिजीवीहरूले संक्रमणकालीन अवस्थामा मुलुकलाई दिशा दिन सक्ने भन्दै ओलीले तिनलाई सकारात्मक भूमिका खेल्न पनि आह्वान गरे।

‘तपाईंहरू केवल बुद्धि बेच्ने वर्ग होइन, बौद्धिक नेतृत्व दिने वर्ग हो,’ उनले भने, ‘राष्ट्रिय एकता र सही विचारलाई गर्वका साथ अघि बढाउनुहोस्, सुधारका लागि सही सुझाव दिनुहोस्।’

प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com