काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार उनलाई शनिबार नेपाल–भारत सिमानाको बेलहिया नाकाबाट पक्राउ गरिएको हो। सीआईबीका एसएसपी होविन्द्र बोगटीले रायलाई नियन्त्रणमा लिइएको पुष्टि गरे।
यद्यपि, स्रोतका अनुसार राय भारतीय भूमिबाट पक्राउ परेका हुन्।
६५ वर्षीय रायलाई म्याद थपको प्रक्रिया पूरा गरी बाँके लगिने सीआईबीले जनाएको छ।
सल्यान स्थायी घर भएका राय हाल नेपालगञ्ज उपमहानगरपालिका–२०, बाँकेमा बस्दै आएका थिए। उनी २०७६ सालदेखि २०७९ सम्म कर्णाली डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा कार्यरत थिए। बैंकको स्थापना २०६० सालमा भएको हो।
रायमाथि करिब ४ अर्ब ९० करोड रुपैयाँ बराबरको बैंक रकम अपचलन गरेको आरोप लागेको छ। सो प्रकरणमा अनुसन्धान सुरु भएपछि उनी फरार भएका थिए।
बैंकको आन्तरिक छानबिन अनुसार उक्त अपचलनमा पूर्व सीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र निरजविक्रम शाह पनि संलग्न रहेको खुलासा भएको छ।
हाल कर्णाली डेभलपमेन्ट बैंकको सम्पूर्ण व्यवस्थापन नेपाल राष्ट्र बैंकको प्रत्यक्ष नियन्त्रणमा छ।
प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया