काठमाडौं । उदयपुर जिल्लाको पहाडी भेगका विभिन्न ग्रामीण सडकहरू अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएका छन्।

शनिबार बिहानदेखि परेको लगातारको भीषण वर्षाले सदरमुकाम गाईघाटबाट रौता–सल्ले, रौता–भुटार लगायतका प्रमुख ग्रामीण सडकहरू भत्किएको र पहिराले थुप्रिएको स्थानीयवासीले जनाएका छन्।

advertisement

रौता–नामन्त, रौता–आँपटार, नामेटार–ओख्रेनी, रामेटार–भदौरेसहित पाँबु क्षेत्रका सबै ग्रामीण सडक अवरुद्ध छन्। यस्तै, रौता–मुर्कुची हुँदै डिल्लीबर, माझखर्क तथा लिम्चुङबुङको बासबोटे बराहतर्फ जाने सडकहरू पनि बाढीले बगाएको र पहिराले भत्किएको स्थानियले जानकारी दिएका छन।

निरन्तरको वर्षाले सडकहरूमा खाल्डा पर्नुका साथै पहिरोले पुरिदिँदा मोटरसाइकल समेत आवागमन गर्न नसकिने स्थिति बनेको छ।

उदयपुरगढी गाउँपालिकाको भलायाडाँडा–बर्रे, डुम्रे–उदयपुरगढी सडक खण्डमा पनि सडक भासिएको छ। त्यस्तै, बेलका नगरपालिका–८ स्थित कोठुबाट मैनामैनीतर्फ जाने सडक समेत बाढीले अवरुद्ध भएको छ।

शनिबारको वर्षाले जिल्लाका चारवटा पहाडी गाउँपालिकाका सडक पूर्ण रूपमा ठप्प बनाएका छन्, जसका कारण यातायात सेवा पूर्णरूपमा प्रभावित भएको छन।

प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com