काठमाडौं । कमल गाउँपालिका–३ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा करेन्ट लागेर एक जंगली हात्तीको मृत्यु भएको छ।

गएराति उक्त हात्तीले जंगलभित्र गाडिएको फलामको बिजुली पोलमा धक्का दिएको बताइएको छ।

advertisement

धक्का दिँदा माथिल्लो लाइनमा सर्ट सर्किट भएर करेन्ट प्रवाह हुँदा हात्तीको सूँढ र एक दाँत जलेको अवस्थामा घटनास्थलमै मृत्यु भएको इलाका वन कार्यालयले जनाएको छ।

घटनास्थल सुरक्षित राखिएको छ भने आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउनका लागि चुलाचुलीस्थित सव डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com