काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान जनताको साथमा पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताएका छन्।

पार्टी प्रवेशका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको मार्गमा अग्रसर रहेको उल्लेख गरे। उनले भने, “हामी विगतका कमजोरी र गल्तीहरूलाई सच्याउँदै समाजवादी क्रान्तिलाई नयाँ चरणमा पुर्‍याउन प्रयत्नरत छौं। यस अभियानमा सबैलाई सक्रिय सहभागिताका लागि आग्रह गर्दछु।”

जनता समाजवादी पार्टी (जसपा) कर्णाली प्रदेश अध्यक्ष देवीकृष्ण न्यौपानेसहितका नेता तथा कार्यकर्ताले जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनीहरूलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष दाहालले यो प्रवेश र समायोजनले माओवादी आन्दोलनमा थप ऊर्जा, उत्साह र विश्वास थप्ने बताए।

उनले माओवादी केन्द्रप्रति आम जनताको आकर्षण बढिरहेको उल्लेख गर्दै पार्टीमा समायोजित हुने सबैलाई योग्यता र भूमिकाअनुसार उपयुक्त जिम्मेवारी दिइने पनि स्पष्ट पारे।

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com