काठमाडौँ ।  समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्ता गठबन्धनमा रहेका तीन प्रमुख दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा दिउँसो २ बजे बैठक निर्धारित गरिएको छ। बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने बताइएको छ।

advertisement

प्रधानमन्त्री ओलीका स्वकीय सचिवालय सदस्य दीपेन्द्र दाहालका अनुसार यसअघि बुधबारका लागि तय गरिएको बैठक माओवादी अध्यक्ष दाहाल काठमाडौं बाहिर रहेकाले आज सारिएको हो।

बैठकमा हालको राजनीतिक परिस्थिति, संसद्को अवरोध, सरकार सञ्चालनका चुनौती र साझा सहमति आवश्यक रहेका मुद्दाहरूमा गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com