चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्यमान संविधानमा रहेका निर्वाचनसम्बन्धी प्रावधानका कारण कुनै एक राजनीतिक दललाई स्पष्ट बहुमत ल्याउन कठिन भएको बताएका छन्।

शुक्रबार चितवनमा आयोजित एक श्रद्धाञ्जली सभामा बोल्दै देउवाले समावेशी र समानुपातिक प्रणालीको व्यवस्थाले बहुपक्षीय प्रतिनिधित्वलाई प्राथमिकता दिएकाले कुनैपनि एकल पार्टीलाई बहुमत ल्याउन चुनौतीपूर्ण अवस्था सिर्जना भएको उल्लेख गरे।
स्व. प्रजातन्त्र सेनानी गौरीदेवी प्रधानको सातौँ पुण्यतिथिको अवसरमा आयोजित उक्त कार्यक्रममा उनले नेपाली कांग्रेसलाई बलियो र एकीकृत बनाउनु आफ्नो एक मात्र ध्येय रहेको स्पष्ट पारे।

advertisement

देउवाले कांग्रेसभित्र रहेका समस्याहरू हटाएर पार्टीलाई पुनः सशक्त बनाउने आवश्यकता रहेको बताए। उनले भने, “यदि हामी सच्चा नीयतसाथ एक भइ काम ग¥यौं भने संविधानको रक्षा गर्दै कांग्रेसलाई एकल बहुमत प्राप्त गराउने शक्तिशाली दलमा रूपान्तरण गर्न सक्छौं।”

कार्यक्रममा पार्टीका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले नेपाली कांग्रेस नै नेपालको समृद्धिको नेतृत्व गर्ने पार्टी भएको दाबी गरे।

त्यस्तै, नेता विमलेन्द्र निधिले वर्तमान राजनीतिक परिस्थिति अनुसार गठबन्धन आवश्यक हुन सक्ने बताए।

कांग्रेस नेता डा. शशांक कोइरालाले संविधानको रक्षा गर्न कांग्रेस बलियो र संगठित हुनु अपरिहार्य रहेको धारणा राखे।

कार्यक्रममा कांग्रेसका अन्य नेताहरूले पनि स्व. गौरीदेवी प्रधानको योगदानको स्मरण गर्दै पार्टी एकताको सन्देश व्यक्त गरेका थिए।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com