काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा देखिएको सुधारप्रति खुसी व्यक्त गर्दै त्यसका लागि मेहनत गरेका शिक्षक, विद्यार्थी र सरोकारवालाहरूलाई धन्यवाद दिएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नतिजा सुधार हुनु सकारात्मक संकेत भएको बताए। उनले शिक्षाको क्षेत्रमा भएको सुधारलाई केही मानिसहरूले गलत ढंगले व्याख्या गरिरहेकोप्रति गम्भीर असन्तुष्टि जनाए।

advertisement

“केही विज्ञ भनाउँदाहरूले अङ्क थपेर धेरैलाई पास गराइयो भनेर आधारविहीन टिप्पणी गरेका छन्,” प्रधानमन्त्री ओलीले भने, “विद्यार्थीहरूको मेहनतको अपमान हुने गरी बोलेर नयाँ पुस्ताको उत्साहमाथि आघात पुर्‍याउने काम भइरहेको छ।”

उनले एसईईमा सुधार ल्याउन सरकार, शिक्षक र विद्यार्थीहरू सबैले मेहनत गरेको भन्दै मेहनतको कदर गर्नु जरुरी रहेको उल्लेख गरे। “हामी मेहनत गरेर नतिजा सुधार्न सक्दैनौं र? अनैतिक रूपमा नम्बरमा खेलबाड गरेर मात्र सुधार सम्भव छ भन्ने सोच गलत हो,” प्रधानमन्त्री ओलीको भनाइ थियो।

प्रधानमन्त्री ओलीले मेहनती शिक्षक र इमानदार विद्यार्थीहरूको योगदानको सम्मान गर्दै असत्य, निराधार र निरुत्साहजनक टिप्पणी नगर्न सबैलाई आग्रह गरे।

प्रकाशित मिति: १४ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com