सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकाले उच्च अदालतको आदेश विपरित राजनैतिक पुर्वाग्रहका आधारमा प्रधानाध्यापकलाई स्पष्टिकरण पत्र बुझाएको भन्दै कार्यपालिका सदस्यहरुले प्रमुख प्रशासकिय अधिकृत र शिक्षा शाखामा तालाबन्दी गरेका छन् ।

प्रगतिशिल नमुना माध्यमिक विद्यालय रातमाटा बोहोरेटारकी प्रधानाध्यापक सरिता चौलागाईलाई उच्च अदालत पाटनको मिति २०८२ जेठ २५ गतेको फैसला विपरित राजनैतिक पूर्वाग्रहका आधारमा स्पष्टिकरण सोधिएपछि गाउँपालिका उपाध्यक्ष कपिल कोइराला र बहुमत कार्यपालिका सदस्यहरुले प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरेका हुन् ।

advertisement

गाउँपालिका उपाध्यक्ष कोइरालाले पालिका प्रमुख दिपा दाहाल र प्रमुख प्रशासकिय अधिकृतले राजनैतिक स्वार्थमा प्रअ चौलागाईलाई झुठा आरोप लगाउँदै हटाउने षडयन्त्र गरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको बताए । हामीले पटक-पटक विधी, पद्धति र सामूहिकतामा चलौं, राजनैतिक पूर्वाग्रहले जनताको चाहना पुरा हुँदैन भनेर जोड दियौं तर अध्यक्षले सामूहिकतामा चल्दै चल्नु भएन, उनले प्रतिक्रिया दिँदै भने ।

नेपाली कांग्रेस निकटस्थ रहेकी प्र.अ चौलागाईलाई माओवादी केन्द्रबाट बिजयी बनेकी पालिका अध्यक्ष दाहालले पटक-पटक पूर्वाग्रह राखेर प्रअबाट हटाउने र सरुवा गर्ने दबाब दिंदै आएकी थिइन् । गाउँपालिका अध्यक्ष दाहाल माओवादी सांसद राजन दाहालकी धर्मपत्नी हुन् भने प्रमुख प्रशासकिय अधिकृत दर्जी माओवादी केन्द्रका सक्रिय सदस्य हुन् ।

प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएपछि आर्थिक वर्षको अन्त्यमा भुक्तानी हनु पर्ने योजनाका फाइलहरु थन्किने देखिएको छ ।

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com