काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्विट्जरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले सोमबार बालुवाटारमा शिष्टाचार भेट गरेका छन्।

भेटवार्तामा नेपाल–स्विट्जरल्याण्डबीचको दीर्घकालीन मित्रवत् सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास, सङ्घीयता सबलीकरण, जलवायु परिवर्तन, विपद् व्यवस्थापन र संक्रमणकालीन न्यायका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।

advertisement

विदेशमन्त्री क्यासिसले नेपालको समग्र विकास यात्रामा स्विट्जरल्याण्डको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले संघीय संरचनाको सुदृढीकरण र स्थायित्वमा सघाउने तयारी रहेको पनि बताए।

प्रधानमन्त्री ओलीले नेपालमा लामो समयसम्म अस्थिरता र द्वन्द्व रहे पनि अहिले दुई प्रमुख दलबीचको सहकार्यबाट विकास, सुशासन र लोकतन्त्रलाई संस्थागत गर्दै देश अगाडि बढिरहेको उल्लेख गरे।

प्रधानमन्त्रीले नेपालको विकास यात्रामा स्विस सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे।

भेटका अवसरमा नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डा. डानियल मेउल्ली, परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू लगायतको उपस्थिति थियो।

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com