काठमाडाैं । कपिलवस्तुको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बनगाई र गोरुसिगे जंगलको बीचमा एम्बुलेन्स र विंगर एक आपसमा ठोक्किँदा एक दर्जनभन्दा बढी यात्रु घाइते भएका छन्।

दुर्घटना अर्घाखाँचीबाट बुटवल जाँदै गरेको एम्बुलेन्स र बुटवलबाट चन्द्रौटा जाँदै गरेको लु १ ज ४२८० नम्बरको विंगरबीच सोमबार दिउँसो करिब ४ बजे भएको हो।

advertisement

दुर्घटनामा १३ जना घाइते भएका छन्। तीमध्ये गम्भीर घाइतेहरूलाई बुटवल रिफर गरिएको छ भने अन्यको उपचार जितपुर उपमहानगरपालिका-४ स्थित स्वास्थ्य संस्थामा भइरहेको ट्राफिक प्रहरी कार्यालय, कपिलवस्तुले जानकारी दिएको छ।

प्रहरीका अनुसार तिव्र गति नै दुर्घटनाको मुख्य कारण हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com