काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफू सहजै अरूलाई विश्वास गर्ने स्वभावका कारण पटक–पटक धोका भोग्नुपरेको स्वीकार गरेका छन्। वरिष्ठ पत्रकार विजयकुमार पाण्डेसँगको कुराकानीमा ओलीले आफूलाई अत्यधिक बुद्धिमान नभए पनि इमानदार व्यक्तिका रूपमा प्रस्तुत गरे।

“म अरूले भनेपछि छिट्टै विश्वास गर्छु,” उनले भने, “त्यसैका कारण कहिलेकाहीँ धोका पनि खानुपर्छ।” उनले आफूलाई कुनै विशेष प्रतिभा वा असाधारण क्षमताका धनी व्यक्ति नभएको प्रस्ट पारे। “म सबै गोल हान्न सक्ने खेलाडी होइन,” ओलीले भने, “धेरैचोटि गोल पनि छुटाउँछु।”

advertisement

आफ्नो व्यक्तित्वबारे विश्लेषण गर्दै उनले भने, “म कुनै विशिष्ट बौद्धिक व्यक्तित्व होइन, मसँग इमान छ, बुद्धि त्यति छैन।” ओलीका अनुसार, उनी जहिले पनि देशप्रति इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नतिर केन्द्रित रहे।

“राष्ट्रिय हित नै मेरो प्राथमिकता हो,” उनले स्पष्ट पारे, “देश र जनताप्रति सच्चा रहने मेरो मूल मान्यता हो र म सधैं त्यसमै अडिग रहन्छु।”

अन्तर्वार्तामा उनले विश्व र नेपालको समसामयिक अवस्थामाथि पनि धारणा राखे। उनले भने, “प्रविधि र भौतिक विकासले संसारलाई धेरै अगाडि बढाएको छ, तर मानिसको स्वार्थ, घमण्ड र हिंसाले मानवता संकटमा परेको छ।” उनका अनुसार, “यदि प्रगति मानव कल्याणमा केन्द्रित भएको भए आजको संसार अझ धेरै सुन्दर र समुन्नत हुन्थ्यो।”

 

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com