काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया यही साउन ७ गते बाट औपचारिक रूपमा सुरु गर्ने भएको छ।

पार्टीले जानकारी दिएको अनुसार, उम्मेदवारी दाबी गर्न इच्छुक व्यक्तिहरूले साउन ७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्नेछन्। उम्मेदवार बन्न चाहनेहरूले पार्टीको न्यूनतम मापदण्ड र कानुनी योग्यताहरू पूरा गर्नुपर्नेछ।

advertisement

रास्वपाका निर्वाचन आयोग सचिव भूमिनन्द बरालका अनुसार, इच्छुक उम्मेदवारले पार्टीको आधिकारिक मोबाइल एप प्रयोग गरी डिजिटल रूपमा आवेदन दिनुपर्नेछ।

पार्टीले उम्मेदवार चयनका लागि प्रारम्भिक मतदान (प्राइमरी इलेक्सन) प्रणाली लागू गर्ने निर्णय गरेको छ। यस विधिबाट जनस्तरबाट सहभागिता सुनिश्चित गर्दै सर्वसम्मत वा प्रतिस्पर्धात्मक प्रक्रियामार्फत उम्मेदवार छनोट गरिनेछ।

रास्वपाले निर्वाचन प्रक्रिया पारदर्शी, सहभागीमुखी र आधुनिक प्रविधिमार्फत सुशासित बनाउने उद्देश्यसहित यो नयाँ अभ्यास थालेको जनाएको छ।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com