काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कनु उपयुक्त हुने धारणा पार्टीका अधिकांश केन्द्रीय सदस्यहरूले व्यक्त गरेको बताएका छन्।

मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले केन्द्रीय कमिटी बैठकमा उठेका प्रमुख विषयहरूमा जानकारी गराउँदै यस्तो बताएका हुन्।

advertisement

उनका अनुसार केन्द्रीय सदस्यहरूले पार्टी विधान संशोधन, महाधिवेशन तयारीसहित पूर्वराष्ट्रपतिको भूमिकाबारे धारणा राखेका छन्। “अधिकांश नेताहरूले भण्डारीज्यू पूर्वराष्ट्रपतिको गरिमा अनुरूप नै बस्नुपर्ने सुझाव दिएका छन्,” बर्तौलाले भने।

उनले बैठक आजै समापन गर्ने तयारी भइरहेको जानकारी समेत दिए।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com