एजेन्सी । भारतको उत्तराखण्डस्थित प्रसिद्ध धार्मिक स्थल मनसा देवी मन्दिरमा आइतबार भएको भागदौडमा परी ६ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मन्दिरमा दर्शन गर्न पुगेका भक्तजनको भीड नियन्त्रणबाहिर जाँदा भागदौड मच्चिएको हो। घटनामा कैयौं भक्तजन घाइते भएको जनाइएको छ।

advertisement

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै ट्वीटरमार्फत जानकारी दिएका छन्। उनले लेखेका छन्, “हरिद्वारको मनसा देवी मन्दिरमा भएको भागदौडको खबर अत्यन्त दुःखद छ। उद्धार कार्यमा एसडीआरएफ, स्थानीय प्रहरी तथा अन्य टोलीहरू खटिएका छन्। म स्वयं प्रशासनसँग सम्पर्कमा छु र परिस्थिति निगरानीमा राखिएको छ।”

गढवाल डिभिजनका आयुक्त विनय शंकर पाण्डे घटनास्थलतर्फ प्रस्थान गरिसकेको एएनआई समाचार एजेन्सीले जनाएको छ। विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com