काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लक्षित गर्दै अपराधमा संलग्न व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढ्नु स्वाभाविक भएको बताएका छन्। उनले अदालतको काममा सरकार हस्तक्षेप नगर्ने स्पष्ट पारे।

मंगलबार कैलालीमा आयोजित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “सरकार अदालत होइन। अदालतले थुन्छ, छोड्छ, त्यो सरकारको हातमा हुँदैन। अब ठगी गरेपछि त अदालतले थुन्छ, हामीले के गर्ने?”

advertisement

ओलीले लामिछानेमाथि राजनीतिक प्रतिशोध लिएको आरोपको खण्डन गर्दै थपे, “रविलाई मैले गृहमन्त्री बनाइदिएको हुँ, राजनीतिमा ल्याएको पनि म नै हुँ। के को प्रतिशोध?”

उनले कानुनी शासनको पालना गर्न अपराध गर्नेहरूलाई कानूनबमोजिम कारबाही आवश्यक रहेको बताए। “लुकीचोरी पत्ता लागेका दिन जेल जानैपर्छ,” प्रधानमन्त्री ओलीले भने, “सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको हो, ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने नारामा सरकार अडिग छ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानप्रति व्यङ्ग्य गर्दै भने, “मलाई डर लाग्या छ, ३ करोडभन्दा माथि हस्ताक्षर गयो भने… त्यसभित्रै राख्नुहोला।”

 

 

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com