काठमाडौं ।  नेकपा माओवादी केन्द्रले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पार्टी एकताको निर्णय गरेपछि विप्लव समूहले अनौपचारिक स्थायी कमिटी बैठक गरी स्पष्ट प्रतिक्रिया दिएको छ। बैठकले बाहिर जस्तो हल्लाका भरमा एकता सम्भव नरहेको भन्दै नयाँ घोषणापत्रसहित नयाँ केन्द्र निर्माणमा जोड दिएको छ।

विप्लव नेतृत्वको सचिवालयद्वारा जारी जानकारीअनुसार, बिहीबार बिहान बसेको बैठकले स्वतन्त्र राजनीतिक पहिचान र उत्पादन केन्द्रित कार्यक्रमको आधारमा अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ।

advertisement

“हल्लाका भरमा एकता हुँदैन,” बैठकपछि जारी बयानमा भनिएको छ, “माओवादीसँगको एकता प्रक्रिया अन्तिम निर्णयमा पुगेको छैन।”

विप्लव समूहले बैठकमा देशको वर्तमान संकटको समाधानका लागि नयाँ घोषणापत्रसहित वैकल्पिक केन्द्र निर्माण आवश्यक रहेको ठहर गरेको छ। बैठकले उत्पादन र जनजीविकालाई प्राथमिकतामा राख्दै नयाँ राजनीतिक केन्द्र गठनको आवश्यकता औंल्याएको हो।

यसअघि माओवादी केन्द्रले नेकपा विप्लव समूहसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो, जसले राजनीतिक वृत्तमा चर्चा चुलिएको थियो। तर नेकपाको हालको बैठकले आफ्नो स्वतन्त्र राजनीतिक दिशालाई कायम राख्ने संकेत दिएको छ।

 

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com