काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेलाडी लिलामी (अक्सन) मा चितवन राइनोजले पहिलो चरणमा आक्रामक भूमिका खेलेको छ।
अक्सनको पहिलो चरणमा चितवनले देव खनाल र अर्जुन साउदलाई १५/१५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ भने कर्णाली याक्सले पवन सर्राफलाई पनि १५ लाखमा खरिद गरेको छ।
पहिलो चरणसम्म चितवनले दुई खेलाडीमा ३० लाख खर्च गरिसकेको छ। विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सले पनि दुई-दुई खेलाडी खरिद गरेका छन् भने लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सले एक-एक खेलाडीमा बोली लगाएका छन्।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार













प्रतिक्रिया