तस्बिर : क्यान

काठमाडौं ।  अस्ट्रेलियामा अगस्ट १४ देखि २४ सम्म हुने टप एण्ड टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको आइतबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले टोलीलाई शुभकामना सहित बिदाइ गरे।

advertisement

११ टोली सहभागी हुने प्रतियोगितामा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ। पहिलो खेल १५ अगस्टमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग हुनेछ। त्यसपछि क्रमशः बंगलादेश ‘ए’ (१६ अगस्ट), मेलबर्न स्टार्स (१८ अगस्ट), होबार्ट हुरिकेन्स (१९ अगस्ट), मेलबर्न रेनेगेड्स (२० अगस्ट) र पाकिस्तान शाहीन्स (२२ अगस्ट) सँग खेल्ने तालिका छ।

यस संस्करणमा नेपाल, पाकिस्तान शाहीन्स, बंगलादेश ‘ए’, अमेरिकाको शिकागो किङ्समेन, अस्ट्रेलियाका पाँच बिग ब्यास एकेडेमी टोली (होबार्ट हुरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स), एसीटी कोमेट्स र एनटी स्ट्राइक गरी ११ टोली छन्। शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन्।

यो सिरिज आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त छनोटको तयारीका रूपमा खेलिँदैछ। नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग पनि ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ।

१६ सदस्यीय टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र शाहब आलम छन्।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com