काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसद र सांसदको अपमान गरेको आरोप लगाएकी छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय मर्यादाविपरीत र गैरजिम्मेवारपूर्ण भएको दाबी गरिन्।

advertisement

शर्माले भनिन्, “हामी तथ्य र प्रमाणसहित संसदमा बोल्दा प्रधानमन्त्रीज्यूले यस संस्थालाई सामाजिक सञ्जालका कन्टेन्ट बनाउने थलो जस्तो ठान्नु भयो, जुन संसद र सांसद दुवैको अपमान हो। यस्तो हल्का टिप्पणी प्रधानमन्त्रीजस्तो उच्च पदमा आसीन व्यक्तिलाई शोभनीय हुँदैन।”

उनका अनुसार, अघिल्लो दिन संसदमा प्रधानमन्त्रीले सरकारका १२ महिनाका उपलब्धिहरू सुनाउने क्रममा विपक्षीमाथि बढी कटाक्ष गरेको र उपलब्धि भन्दा पनि व्यक्तिगत टिप्पणीमा समय खर्च गरेको आरोप लगाइन्।

सांसद शर्माले विशेषगरी बहुविवाहसम्बन्धी कानूनी प्रावधानबारे प्रधानमन्त्रीको भनाइ झुटो र भ्रामक रहेको भन्दै आपत्ति जनाइन्।

“मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गर्न बनेको विधेयकको बुँदा ३३, दफा १७५ को उपदफा ५ पछि थपिएको खण्ड ‘क’ राम्रोसँग अध्ययन गर्न प्रधानमन्त्रीज्यूलाई आग्रह गर्छु। त्यहाँ घुमाएर बहुविवाहलाई वैधता दिने व्यवस्था गरिएको छ।”

शर्माले प्रधानमन्त्रीलाई यस्ता संवेदनशील विषयमा तथ्यहीन अभिव्यक्ति नदिन चेतावनी दिँदै, संसदको गरिमा र लोकतान्त्रिक अभ्यासको सम्मान गर्न आग्रह गरिन्।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com