काठमाडौं । नुवाकोटको लिखु गाउँपालिका–३ का नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष राम पुलामी भनेर चिनिने सिताराम पुलामी सहित २२ जना जुवाडे जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा भदौ ११ गते राति करिब १० बजे जिल्ला प्रहरी कार्यालयले शिवपुरी गाउँपालिकास्थित बार्दली इन रिसोर्टमा छापा मार्दा पुलामीसहित २२ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ६ जना महिला सहित एकजना वडाध्यक्ष समेत रहेको तर, गोपनियताका कारण नाम भने गोप्य राखिएको नुवाकोटका एसपी दुर्गा रेग्मीले बताए। जुवा खालबाट १० लाख ७१ हजार नगद र ३१ थान कौडा बरामद गरिएको रेग्मीले बताए ।
स्थानीय स्रोतका अनुसार, पुलामी विगतमा पनि विभिन्न आपराधिक घटनामा संलग्न रहँदै आएका छन्। ज्यान उद्योग, सार्वजनिक उद्योग तथा गुण्डागर्दीका आरोपमा पटक–पटक पक्राउ परेका उनि अहिले फेरि जुवामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्।
स्थानीय वडावासीहरूले उनको गतिविधि अझैपनि गुण्डागर्दीकै शैलीमा रहेको गुनासो गरेका छन्। निर्वाचित पदाधिकारी नै यस्तो गैरकानुनी गतिविधिमा संलग्न भएको भन्दै स्थानीय नागरिकहरू रुष्ट बनेका छन्।
प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया