काठमाडौं । जेन–जीसँग सम्बन्धित विषयमा स्पष्टीकरण दिन ‘हामी नेपाली’ समूहले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा एमाले निकट कार्यकर्ताको घुसपैठपछि तनाव सिर्जना भएको छ ।
रिपोर्टस क्लबमा भएको पत्रकार सम्मेलन सुरु भएको केहीबेरमै केही व्यक्तिहरू होहल्ला गर्दै प्रवेश गरेका थिए। आयोजकहरूले उनीहरूलाई बाहिर निकाल्ने प्रयास गरेपछि धक्का–मुक्की हुँदा पत्रकारहरूमाथि समेत एमाले कार्यकर्ता प्रेम लामाले आक्रमण गरेका छन् । केही पत्रकारका क्यामेरा र उपकरण फुटेको छ ।
‘हामी नेपाली’ समूहले जेन–जी सम्बन्धी उठेका प्रश्नबारे औपचारिक स्पष्टीकरण दिने क्रममा जेनजीको नाममा एमाले कार्यकर्ताहरु सम्मेलनमा घुसपैठ गरेका थिए।
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार












प्रतिक्रिया