काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीलाई छिटो र सुविचारित तरिकाले पुनर्गठन गर्न आवश्यक रहेको बताएका छन्।
जेन–जी युवाहरूको प्रदर्शनपछि एमाले नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछिको परिस्थितिमा बास्कोटाले पार्टी पुनर्गठनको आवश्यकता औँल्याएका हुन्।
फेसबुकमार्फत उनले लेखेका छन्, ‘छिटो तर विवेकपूर्ण निर्णय गर्दै पार्टीको पुनर्गठन गरौं।’
उनले थप भनेका छन्, ‘राजनीतिक दलविना गणतन्त्र रहँदैन र गणतन्त्रविना समाज बाँच्दैन। समय, परिवेश, प्रकृति, प्रक्रिया र समाजशास्त्रीय नियमअनुसार नेतृत्व परिवर्तन हुन्छ, त्यसका लागि सबै तयार हुनैपर्छ।’

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया