काठमाडाैं । सुशीला कार्की नेतृत्वको सरकारका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन् । उनीहरूले आजै पदभार ग्रहण गर्नेछन् ।

अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रीमा कुलमान घिसिङ तथा गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा ओमप्रकाश अर्यालले शपथ गराएका हुन् ।

advertisement

खनाल पूर्व अर्थसचिव, घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र अर्याल वरिष्ठ अधिवक्ता हुन् । बाँकी सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले तत्कालका लागि आफ्नै नेतृत्वमा राख्नु भएको छ ।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com