काठमाडौं । राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले तीनै जनालाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

advertisement

जेनजी आन्दोलनका क्रममा शीतल निवासमा पनि आगजनी भएपछि त्यस ठाउँमा बस्न असम्भव बनेको थियो। त्यसैले गत शुक्रबार प्रधानमन्त्री कार्कीको शपथ भित्रै राष्ट्रपति निवासमा सम्पन्न भएको थियो। तर आज खण्डहर भवनको बाहिर पाल टाँगेर शपथ कार्यक्रमको व्यवस्थापन गरिएको थियो।

शपथ ग्रहण समारोहमा सरकारी निकायका उच्च अधिकारी, कूटनीतिक नियोगका प्रमुख लगायत अन्य अतिथिहरूको पनि उपस्थिती रहेको थियो।

आज शपथ लिने मन्त्रीहरूमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना तथा सहरी विकास मन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल रहेका छन्। घिसिङलाई तीन मन्त्रालय र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com