काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा नियुक्त भएका कुलमान घिसिङलाई मंगलबार सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।
शाक्यले आफ्नो फेसबुक पेजमा लेख्दै ऊर्जा क्षेत्रमा उल्लेखनीय योगदान दिएका घिसिङ मन्त्रीमा नियुक्त भएकोमा शुभकामना व्यक्त गरेका छन्। उनले घिसिङको सफल कार्यकालसहित सम्पूर्ण ऊर्जा क्षेत्र र समृद्ध नेपालको लागि मंगलकामना पनि गरेका छन्।
सोमबार नवनियुक्त मन्त्री घिसिङले पदभार ग्रहण गर्दा मन्त्रालयका सचिव, सहसचिव, अधिकारी तथा मातहतका निकायका प्रतिनिधि र पत्रकारको बाक्लो उपस्थिति थियो। तर, प्राधिकरणका कार्यकारी निर्देशक शाक्य भने विदेश भ्रमणमा रहेकाले कार्यक्रममा अनुपस्थित रहेको मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन्।

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया