काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाका समिति सभापति र सचिवहरूसँग छलफल गरेका छन् । बदलिएको राजनीतिक परिस्थितिको सन्दर्भमा अध्यक्ष दाहालले बिहीबार सभापतिहरूसँग छलफल गरेका हुन् ।

सिंहदरबारस्थित कार्यकक्षमा सभाका चार विषयगत समितिका सभापति र सचिवहरूसँग छलफल गरी समितिका बैठक तथा काम कारबाहीहरू नियमित गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

advertisement

छलफलमा राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे, समिति सभापतिहरू मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, कमलादेवी पन्त र सोनाम गेञ्जेन शेर्पा, राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्याल र समिति सचिवहरू सहभागी रहेका थिए ।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com