काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युत् उत्पादनमा कुनै हालतमा अवरोध गर्न नहुने बताएका छन्।

बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का पदाधिकारीले नवनियुक्त मन्त्रीलाई बधाई ज्ञापन गर्दै आफ्ना मागहरू प्रस्तुत गरेका थिए। त्यस क्रममा मन्त्री घिसिङले देशलाई अझै २०–३० हजार मेगावाट अतिरिक्त बिजुली आवश्यक छ, त्यसैले बजार अभावको कारण देखाएर उत्पादन रोक्नु दीर्घकालीन दृष्टिले घातक हुन्छ,  भन्ने धारणा राखे।

advertisement

उनले थपे, निजी क्षेत्रले लगानी गर्ने हो भने सरकारले छुट्टै लगानी गर्नु पर्दैन। बजार छैन भन्ने होइन, बजार सिर्जना गर्नुपर्छ। अहिले उत्पादन रोक्ने हो भने आगामी दशकमा ठूलो संकट आउन सक्छ।

सो अवसरमा इपान अध्यक्ष गणेश कार्कीले विद्युत् प्राधिकरणले ‘बिजुलीको बजार छैन’ भन्दै लामो समयदेखि विद्युत् खरिद सम्झौता (पीपीए) रोकेको आलोचना गर्दै निजी लगानीकर्ताको मनोबल उच्च बनाउन अनुकूल वातावरण सिर्जना गर्न आग्रह गरे।

कार्कीको मागबारे प्रतिक्रिया जनाउँदै मन्त्री घिसिङले निजी क्षेत्रलाई अझ ठूलो मात्रामा लगानी गर्न प्रोत्साहन गरिने स्पष्ट पारे। उनले भने, नियमावली वा निर्देशिका परिवर्तन आवश्यक भए मन्त्रिपरिषद्बाटै गर्नेछौं। ऐन संशोधन जरुरी परे अध्यादेशमार्फत अघि बढाउँछौं।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com