काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहले पार्टीलाई समयको आवश्यकता र चुनौतीअनुसार एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

कांग्रेसका संस्थापक नेता स्व. गणेशमान सिंहको २८औँ पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले संविधानको मर्मलाई जनतालाई केन्द्रमा राखेर कार्यान्वयन गर्नु आजको आवश्यकता भएको उल्लेख गरे। “गणेशमानले देखाएको बाटो नै कांग्रेसको मार्गदर्शक हो। उनका विचार र आचरण आज पनि जनभावनासँग मिल्छन्, त्यसैले कार्यकर्ताले त्यही बाटो पछ्याउनुपर्छ, सिंहले भने।

advertisement

कार्यक्रममा कांग्रेस नेता इन्द्रमान महर्जनले गणेशमान सिंहको योगदान स्मरण गर्दै भ्रष्टाचारमुक्त, लोकतान्त्रिक मूल्यमा आधारित समाज निर्माणमा लाग्नुपर्ने धारणा राखे।

श्रद्धाञ्जली सभामा सहभागी नेता तथा कार्यकर्ताले लोकतान्त्रिक आन्दोलनमा गणेशमान सिंहले पुर्‍याएको योगदान र बलिदानप्रति सम्मान व्यक्त गर्दै उनको सालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com