काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ।
शुक्रबार उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा केन्द्रीय कार्यसमिति बैठक बसेको हो।
सभापति शेरबहादुर देउवा बैठकमा अनुपस्थित छन्।
भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित घरमै रहेका सभापति देउवा दम्पतीमाथि आक्रमण भएको थियो।
सभापति देउवा दम्पतीको उपचार भइरहेको छ।
सभापति देउवाले संविधान दिवसमा विज्ञप्ति निकालेर शुभकामना भने दिएका थिए।
भदौ २४ गते आन्दोलनकारीहरूले कांग्रेस केन्द्रीय कार्यालय भवनमा पनि आगजनी गरेका थिए। आगजनी भएको भवनमै पहिलो पटक केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको हो।
कांग्रेसले दिउँसो २ बजे पत्रकार सम्मेलन गरी निर्णय जानकारी गराउने भएको छ।
प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया