काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको उद्गमस्थल मानिने विराटनगरस्थित कोइराला निवासमै पुनः लोकतन्त्रको बिगुल फुक्ने दृढता व्यक्त गरेका छन्।
शनिबार आगजनीबाट क्षतिग्रस्त बनेका कोइराला निवासका भवनहरूको निरीक्षण र अनुगमन गर्दै उनले, ‘यो एउटा इतिहास जलाइएको छ। तर सत्यतथ्य क्रमशः उजागर हुनेछ। लोकतन्त्रको बिगुल फुकिएको यही निवासबाट पुनः लोकतन्त्रको बिगुल फुक्ने मेरो अटल प्रतिबद्धता छ,’ भन्दै लोकतान्त्रिक यात्रामा निरन्तरता दिने संकल्प दोहोर्याए।
भदौ २३ र २४ गतेको जेन–जी पुस्ताको आन्दोलनका क्रममा कोइराला निवासमा समेत आगजनी भएको थियो।
प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार













प्रतिक्रिया