कर्णाली ।  कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य यामलाल कँडेलले ‘जेनजी’ पुस्तालाई प्रगतिशील रूपमा सङ्गठित गर्नुपर्ने आवश्यकता औंँल्याएका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपाल तथा अनेरास्ववियुसँग आज सुर्खेतमा भएको अन्तरक्रियामा उनले युवा र विद्यार्थी सङ्गठन मिलेर समाजलाई सकारात्मक दिशामा लैजान आह्वान गरे ।

advertisement

मुख्यमन्त्री कँडेलले भने,‘अब हामी निर्माण गर्ने पुस्ता हाैँ, दर्शक बन्ने होइनौँ भन्ने सन्देश दिन लागौँ । भ्रष्टाचारविरुद्ध आवाज उठाउने, राष्ट्रको पक्षमा बोल्ने र समाजलाई अनुशासित बनाउने जिम्मेवारी युवामाथि छ । गुटबन्दी, विभाजन र स्वार्थी राजनीतिले पार्टी मात्र नभइ राष्ट्रसमेत कमजोर हुने हुँदा सचेत बनौँ ।’

उनले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने अडानकै कारण पार्टी अध्यक्षको नेतृत्वमा बनेको सरकार समस्यामा परेको बताए ।

प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com