काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते प्रदर्शनकारीलाई ताकेर गोली प्रहार गर्नु अस्वाभाविक भएको टिप्पणी गरेका छन्।

आइतबार पत्रकार सम्मेलन गर्दै उनले भदौ २३ र २४ गतेका घटनाबारे गम्भीर छानबिन हुनुपर्नेमा जोड दिए। ‘पहिलो दिनै ताकिताकी गोली प्रहार हुनु अस्वाभाविक छ। नकाबधारी समेत संलग्न भएको भनिएको छ। कुन प्रवृत्ति र को–को सामेल थिए भन्ने प्रस्ट छानबिन गर्नैपर्छ,’ महतले भने।

advertisement

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सोच र शैली चित्तबुझ्दो नभएको स्मरण गर्दै, बाध्यात्मक परिस्थितिमा कांग्रेसले संयुक्त सरकारमा बस्नुपरेको बताए। सरकारमा रहेर पनि सरकारलाई सही बाटोमा डोर्याउन नसकेको कमजोरी कांग्रेसले स्वीकारिसकेको उनको भनाइ छ।

प्रवक्ता महतले पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी उपचाररत रहेको जानकारी दिँदै छिट्टै स्वास्थ्यलाभ गरेर सार्वजनिक हुने विश्वास व्यक्त गरे। ‘सभापति चाँडै स्वास्थ्यलाभ गरेर सार्वजनिक हुनुहुन्छ। त्यसपछि कांग्रेसले सामूहिक र संस्थागत छलफलमार्फत आगामी बाटो तय गर्नेछ,’ उनले स्पष्ट पारे।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com