काठमाडौं ।  नेकपा एमालेका पूर्वप्रवक्ता सूर्य थापाले संसद विघटनलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभाको पुनःस्थापनामात्रै राजनीतिक निकासको उचित बाटो हुने टिप्पणी गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले २०१७, २०५९ र २०८२ तीनवटै कालखण्डमा सार्वभौम संसदमाथि प्रहार भएको इतिहासलाई स्मरण गराए। संसदप्रति प्रहार गरेर राजनीतिक समाधान खोज्ने प्रयास व्यर्थ हुने थापाको तर्क छ।

advertisement

उनले भने, ‘फागुन २१ गते हुने भनिएको चुनाव असंवैधानिक विघटनपछि सम्भव हुँदैन। संवैधानिक र कानुनी लडाइँ नलडी चुनावमा लोभिनु महाभूल हुनेछ।’

थापाले प्रतिनिधिसभा पुनःस्थापनामार्फत मात्र ‘बिथोलिएको र बरालिएको बाटो सच्चाउन सकिने’ बताए। अन्यथा, ‘न्याउरी मारी पछुतो गर्नु अनिवार्य हुने’ उनको भनाइ छ।

विदेशी शक्तिको प्रभावमा चुनाव र अर्को संसद सम्भव नहुने चेतावनी दिँदै उनले २०१७ सालपछि पुष्पलाल श्रेष्ठ र २०५९ पछि गिरिजाप्रसाद कोइरालाको अडान मात्र सही सावित भएको उल्लेख गरे। अन्य राजनीतिक धारणा भने ‘पानीको फोका’ जस्तै अस्थायी बनेको उनको टिप्पणी छ।

थापाले अन्त्यमा मौन समर्थक र ‘शोकमग्न मलामी’ नबन्न सबैलाई आह्वान गरेका छन्।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com