काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनमा भएको घट्नाको बारेमा छानबिन गर्न न्यायिक आयोग बनाउने भएकी छिन् । यही भदौ २३ र २४ गते जेन–जी आन्दोलनको क्रममा ठूलो धनजनको क्षति भएको छ ।

पहिलो दिन भदौ २३ गते १९ जना युवाको ज्यान गएको थियो । दोस्रो दिन झनै ठूलो संख्यामा नागरिकले मृत्युवरण गर्नुपरेको थियो ।

advertisement

आज बस्ने मन्त्रिपरिषद् बैठकले यो घट्नाको बारेमा छानबिन गर्न आयोग गठन गर्ने भएको हो । आयोग पूर्व न्यायाधीशको नेतृत्वमा बन्ने बताईएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com