काठमाडाैं । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ। दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमसहित विषयमा चर्चा हुने छ।
गत भदौ २३ र २४ गतेको आन्दोलनपछि पूराना पार्टीका नेताहरूलाई नेतृत्व छाड्न दबाब छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि नेतृत्व परिवर्तनको धेरै ठूलो दबाब छ।
हरेक दलभित्र अहिले नेतृत्व परिवर्तनको मागसँगै दोस्रो तहका नेताहरू नेतृत्व हस्तान्तरणका लागि दबाब बनाइरहेका छन्।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया