काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अर्बौं रुपैयाँ पर्ने विद्युत् बक्यौता उठाउने कार्य अगाडि बढाउन बोर्ड बैठक डाक्ने तयारी गरेको छ।

कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार, उर्जामन्त्री कुलमान घिसिङको निर्णयलाई कार्यान्वयनमा लैजान सोमवार वा मंगलवार नै बोर्ड बैठक बस्ने अपेक्षा गरिएको छ। ‘बक्यौतासम्बन्धी मन्त्रीज्यूको निर्णय कार्यान्वयन गर्दै बोर्डबाटै निर्णय गरी बक्यौता उठाइनेछ। बोर्डमा मन्त्रीज्यू नै अध्यक्ष भएकाले निर्णय भएपछिको कार्यान्वयन सहज हुनेछ,’ उनले बताए।

advertisement

कुलमान घिसिङले कार्यकारी निर्देशक रहँदा पनि विद्युत् बक्यौता उठाउन उद्योगीहरूको लाइन काट्ने कदम चाल्दै आएका थिए। तर, नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा लाइन काट्दा निर्देशन फिर्ता भएको थियो।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनमार्फत उद्योग र अन्य सार्वजनिक क्षेत्रमा दिएको विद्युत्को बक्यौता उठाउन लामो समयदेखि दबाब दिँदै आएको छ। हाल उद्योगीहरूले डेडिकेटेड र ट्रंकलाइनबाट लिएको बिजुलीको करिव २५ अर्ब रुपैयाँ बक्यौता भर्नुपर्ने प्राधिकरणले जनाएको छ।

शाक्यका अनुसार, लोडसेडिङको समयमा उद्योगीहरूले २४ घण्टा विद्युत् प्रयोग पाएका थिए, तर प्रयोग नगरेको बिजुलीको बिल नतिर्ने उद्योगीहरूले दाबी गर्दै आएका छन्। बोर्ड बैठकपछि यी बक्यौता उठाउने कार्यमा कुनै अवरोध नहुने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com