काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएकी छिन् । यसअघि तीन जना मन्त्री नियुक्त गरेकी प्रधानमन्त्री कार्कीले आज भने ७ जना मन्त्रीहरु नियुक्त गरेर आफू नेतृत्वको क्याविनेटलाई पूर्णता दिन लागेकी हुन् । अहिले गृह र कानून मन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्यालले सम्हालेका छन् ।

यस्तै, अर्थ मन्त्रालयको नेतृत्व रामेश्वर प्रसाद खनालले लिएका छन् । कुलमान घिसिङलाई भने उर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिईएको छ । प्रधानमन्त्री कार्कीले ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने भनेर यसअघि नै भनिसकेकी छिन् । आज ७ जना मन्त्रीहरु नियुक्त गर्नेगरि बालुवाटारले तयारी गरेको बताईन्छ ।

advertisement

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com