काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले राष्ट्रपति रामचन्द्र पौडेलको दृढतापूर्वक उठाइएको कदमकै कारण संविधान सुरक्षित भएको बताएका छन्।

प्रगतिशील लेखक सङ्घ, नेपालद्वारा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मैनालीले पश्चिमी शक्ति र अन्य बाह्य दबाबका बाबजुद राष्ट्रपति पौडेलले संवैधानिक अधिकार प्रयोग गर्ने साहस देखाएको भन्दै उनको प्रशंसा गरे।

advertisement

उनले मुलुकमा निर्वाचन सुनिश्चित गर्न राजनीतिक दलहरूले संसद् पुनःस्थापनाको माग गर्दै आन्दोलनमा जाने काम नगर्नुपर्ने स्पष्ट पारे। मैनालीका अनुसार, जेन-जी पुस्ताले दबाब सिर्जना गरे पनि त्यसले तत्काल चुनाव सम्भव हुने अवस्था भने नआउनेछ।

यस्तै उनले नेपालमा संविधानलाई कमजोर पार्ने र अस्थिरता बढाउने उद्देश्यसहित बाह्य शक्तिहरू सक्रिय रहेको दाबी गर्दै सतर्क रहन सबैलाई आग्रह गरे।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com