काठमाडौं । जेन–जी आन्दोलनका पक्षधर सुधन गुरुङ सिंहदरबार पुगेका छन्।

आज दिउँसो सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालय अगाडि उनलाई लक्षित गर्दै नाराबाजी भएको थियो। आन्दोलनका घाइतेहरूले गुरुङमाथि गालीगलौज गर्दै जेन–जी आन्दोलन हाइज्याक गरेको आरोप लगाएका थिए।

advertisement

स्वयंसेवकका रूपमा आन्दोलनमा सहभागी भएका गुरुङ अहिले जेन–जी पक्षको नेता रूपमा उदाएका छन्। उनी प्रधानमन्त्री कार्यालयमा के प्रयोजनका लागि पुगेका हुन् भन्ने कुरा खुलिसकेको छैन। यसैबीच, प्रधानमन्त्री कार्यालयमा मन्त्रीपरिषदको बैठक जारी रहेको छ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com