काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

राष्ट्रपतिले आइतबार थप मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् ९ सदस्यीय बनेको शीतल निवास स्रोतले  बतायो ।

advertisement

राष्ट्रपतिले अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका हुन् । यसअघि चार सदस्यीय मन्त्रिपरिषद् रहेकामा आज थप ५ जना नियुक्त भएसँगै ९ सदस्यीय बनेको हो।

स्रोतका अनुसार सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधारसहितका मन्त्रालय दिइएको छ । यस्तै महावीरलाई शिक्षा, संगीतालाई स्वास्थ्य र मदन परियारलाई कृषि मन्त्रालय दिइएको छ।  यस्तै खरेललाई सञ्चार मन्त्रालय दिइएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com