सामाजिक सञ्जालमार्फत पुनले मन्त्री पदको सपथ अघि फोन गरेर बधाई दिनु वा खादा-माला ल्याउन आवश्यक नभएको स्पष्ट पारेका छन्। बरु शिक्षा क्षेत्र सुधारका लागि उपयोगी योजना भए त्यसलाई ह्वाट्सएपमार्फत पठाउन आग्रह गरेका छन्।

‘मलाई कसैले मन्त्री नभन्नुहोला। यदि कसैलाई मन्त्री भन्नै मन छ भने “कबाडी वैज्ञानिक मन्त्री, भन्नुहोस्,’ उनले लेखेका छन्।

advertisement

लामो समयदेखि अनुसन्धान र आविष्कारलाई प्रोत्साहन गर्दै आएका पुन सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि सिफारिस भएका हुन्। आजै पुनसहित अन्य नयाँ मन्त्रीहरूले शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।