काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्की आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छिन् । नयाँ मन्त्रीहरूलाई दिउँसो २ बजे शपथ गराउने कार्यक्रम तय गरिएको छ ।

कार्कीले आइतबार पूर्वप्रधानन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्र र पत्रकार जगदिश खरेललाई मन्त्रीका रूपमा सिफारिस गरेको समाचार सार्वजनिक भएको छ । तर, अन्तिम सूचीमा केही हेरफेर हुने सम्भावना रहेको स्रोतहरूले बताएका छन् ।

advertisement

गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीको नेतृत्वमा हाल तीन जना मात्र मन्त्रीहरू कार्यरत छन् । नयाँ नियुक्तिसँगै मन्त्रिपरिषद् थप सशक्त बन्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com