काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञ र सरोकारवालाबाट सुझाव संकलन गरेर मन्त्रालयको काम अघि बढाउने बताएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै पुनले आफू आकस्मिक रूपमा मन्त्री बनेकाले तत्कालै ठूला घोषणाहरू गर्न नचाहेको स्पष्ट पारे।

advertisement

उनले हाँसोठट्टा मिश्रित शैलीमा भने, ‘म शिवजी अथवा भगवान् भए त्रिनेत्र लगाएर यो गर्छु, त्यो गर्छु भन्ने थिएँ। तर अपर्झट मन्त्री भइसकेको कारण सेवा–सुविधाको कुनै मोह छैन। म मन्त्रालयमै ओछ्यान हालेर बस्छु, त्यहीँ खान्छु, त्यहीँ सुत्छु।’

पुनका अनुसार मन्त्री पदमा रहँदा आउने राम्रा सुझावहरूलाई ग्रहण गरी सकेसम्म छिटो कार्यान्वयनमा लैजाने लक्ष्य छ। मन्त्रालयको संरचना अनुसार विज्ञान, प्रविधि र नवप्रवर्तनलाई पहिलो प्राथमिकता दिने उनको भनाइ छ।

शिक्षा क्षेत्रसँग पनि मन्त्रालय जोडिएर आएको भए पनि तत्काल सुधार र परिवर्तनबारे विस्तृत टिप्पणी नगर्ने उनले बताए। साथै आफूले मन्त्री बन्न चाहेको नभई परिस्थितिले यो जिम्मेवारी आएको स्पष्ट पारे।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com