काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले दुई महिनादेखि अवरुद्ध रहेको अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी कोदारी सडकको इको क्षेत्रमा आएको पहिरोको निरीक्षण गरेका छन्।
पहिरोले करिब हजार कन्टेनर सामान अलपत्र परेको छ भने दशैँ, तिहार र छठका लागि चीनबाट ल्याइएका सामग्री समयमै नेपाल भित्र्याउन कठिन भएको छ।
दुई महिनादेखि बन्द रहेको कोदारी सडकमा सडक डिभिजन कार्यालय चरिकोटले पहिरो पन्छाउने र सडक सफा गर्ने कार्य गरिरहेको छ। मन्त्री घिसिङले तत्काल मार्ग सञ्चालनका लागि आवश्यक निर्देशन दिने बताएका छन्।
प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार













प्रतिक्रिया