काठमाडाैं । जेन–जि आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट फरार भएका पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी पुनः कारागार फर्किएका छन्।
रायमाझी सोमबार साँझ स्वयं उपस्थित हुँदै सुन्धारा कारागारमा फर्किएको कारागार प्रमुख कृष्णप्रसाद चापागाईंले जानकारी दिएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधान तथा ऊर्जा मन्त्रीसमेत रहेका रायमाझी आफैं फर्किएको पुष्टि भएको हो।
तर सोही प्रकरणमा थुनामा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डे भने अझै कारागार नफर्किएको चापागाईंले बताए। उनका अनुसार फरार भएकामध्ये केहीलाई खोज्ने काम भइरहेको छ भने कतिपयले आफैं फर्कने जानकारी गराइसकेका छन्।
प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया