काठमाडौं । जेन–जी आन्दोलनका अगुवामध्येका एक मिरज ढुंगानाले पछिल्लो समय फेरि सक्रिय भूमिका खेल्न थालेका छन्। भदौ २३–२४ गतेको आन्दोलनपछि केही दिन हराए पनि ढुंगानाले पुनः राजनीतिक गतिविधि सुरु गरेका हुन्।
आज उनी आफ्ना टिम सदस्यहरूसँगै बालुवाटार पुगेका थिए र प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्। प्रधानमन्त्री कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद पूर्णता दिन लागिरहेको र मिलेर काम गर्न इच्छुक रहेको जानकारी दिएका सहभागीले बताए।
भेटवार्तामा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्मा समावेश गर्नुपर्ने नामहरू सहमतिका आधारमा उपलब्ध गराउन ढुंगानालाई आग्रह गरेकी छन्। साथै उनले जेन–जी अभियानका विभिन्न अगुवाहरू बेग्लाबेग्लै उभिनुभन्दा एउटै पंक्तिमा रहँदै समन्वयपूर्ण काम गर्न सुझाव दिइन्।
राजनीतिक स्रोतका अनुसार यस भेटवार्ताले आगामी मन्त्रिपरिषद गठन र जेन–जी समूहभित्र एकता कायम राख्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार











प्रतिक्रिया