काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु हुनुअघि सानेपास्थित पार्टी केन्द्रीय कार्यालय परिसरबाट प्रहरीले ठूलो मात्रामा लठ्ठी बरामद गरेको छ।

मंगलबार बिहान सुरक्षाको जिम्मेवारीमा खटिएको प्रहरीले कार्यालयको विभिन्न स्थानमा लुकाइएका लठ्ठीहरू फेला पारेको पुष्टि गरेको छ। प्रहरीले लठ्ठी कसले र किन राखेको भन्नेबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

advertisement

लठ्ठी बरामद भएपछि कार्यालय वरपरको सुरक्षा व्यवस्था अझ कडा पारिएको छ। बैठकमा सहभागी हुने नेताहरूलाई प्रहरीले तलासी गरेर मात्र प्रवेश गराइरहेको छ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजेदेखि सुरु हुने तय छ। बैठकमा जेन–जी आन्दोलनपछिको राजनीतिक अवस्था, पार्टीको आगामी रणनीति, महाधिवेशनको मिति, र चुनावी तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ।

आजको बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुनेछन्। भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आक्रमण र आगजनी भएपछि उनी लामो समय सार्वजनिक रूपमा देखिएका थिएनन्। करिब ३५ दिनपछि उनी आज पहिलोपटक पार्टी कार्यक्रममा सहभागी हुन लागेका हुन्।

संभावित भिडन्त वा अवाञ्छित गतिविधि रोक्न पार्टी कार्यालय वरिपरि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com