काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व छाड्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले वैधानिक व्यवस्था अनुसार आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने बताएका हुन्।

advertisement

देउवाले लिखित सम्बोधनमा भनेका छन्, ‘म साथीहरूलाई भन्न चाहन्छु, घरमा सधैं एउटै व्यक्ति हुँदैन भने पार्टीमा पनि सधैं एउटै सभापति रहँदैन। मेरो विषयमा भने, वैधानिक व्यवस्था र मेरो राजनीतिक इच्छाअनुसार म १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत हस्तान्तरण गर्नेछु। आगामी महाधिवेशनमा म बाहेक अन्य साथी सभापति बन्नेछन्, यसमा कुनै द्विविधा छैन।’

तर, १५औँ महाधिवेशन कहिले आयोजना हुने हो भन्ने विषयमा सभापति देउवा मौन रहेका छन्। जेन–जी आन्दोलनपछि कांग्रेसका महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको म्याद नथपी आगामी मंसिरभित्रै नियमित वा विशेष महाधिवेशनको माग गर्दै दबाब दिँदै आएका छन्।

यस्तै, १४औँ महाधिवेशनका बहुमत प्रतिनिधिहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन पनि गरिसकेका छन्, जसले पार्टी भित्रको महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com